रामेछापमा कांग्रेसको सिठ्ठी जुलुस (फोटोफिचर)
२८ मंसिर, रामेछाप ।
सरकारको विरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस निकालेको छ । विपी चोकबाट सुरुभएको सिठ्ठी जुलुसले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपानेले नेकपाको सरकार अधिनायकवादतर्फ उन्मुख हुदै गएको आरोप लगाउनुभयो । केही साता अघि नतहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा कांग्रेसले भोली देशभर प्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सरकारको अधिनायकवादी शैलीको विरुद्ध भोली रामेछापमा विरोध प्रर्दशन गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको सबै कमिटीका सदस्यलाई अनिवार्य रुपमा प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ ।