नयाँ अध्यादेशपछि संवैधानिक परिषद्को बैठक वालुवाटारमा सुरु



३० मंसिर, काठमाडौं ।

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । सरकारले ल्याएको नयाँ प्रवधानसहितको अध्यादेशपछि बैठक सुरु भएको हो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी भएका छैनन् भने सभामुख अग्नि सापकोटा पनि गएका छैनन् ।

सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ ।

यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस्