प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक
२ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ः३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन् । उहाँले परिषदसम्बन्धी राष्ट्रपतिबाट जारी अध्यादेश फिर्ता नभएकै अवस्थामा बैठक बोलाएका हुन् । बुधवार नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले अध्यादे फिर्ता लिने सहमति जनाए पनि आज पुनः परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन् । अध्यादेशको विरोधमा बुधवार नेकपाकै ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेपछि ओलीले अध्यादेश फिर्ता लिन सहमति जनाएका थिए ।