संसद विघटनबारे के छ संविधानमा ?



५ पुस, काठमाडाै‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन्। उक्त सिफारिस बोकेर प्रधानमन्त्री ओली शितल निवासमा पुगेका छन् । तर नेपालको संविधान संसद विघटनको विषयमा स्पष्ट छैन।

नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको धारा ८५ को १ मा यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने उल्लेख छ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

हेर्नुहोस् संविधानको प्रावधान

प्रतिक्रिया दिनुहोस्