रामेछापवासीको मन जितेर विदाई भइन प्रजिअ शर्मा



६ पुस, रामेछाप ।
रामेछापबाट सुरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको आज विदाई भएको छ । करिब एक बर्ष अघि रामेछापमा सह–सचिवको रुपमा पहिलो पटक आउनुभएका प्रजिअ शर्माको गुल्मी सरुवा भएसँगै आज विदाई गरिएको हो ।

झण्डै एक बर्षको अवधिमा जिल्लामा रहदा प्रजिअ शर्माले रामेछापवासीको मन जित्न सफल हुनुभएको थियो । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि स्थानीय तहसँग समन्वय गर्नेदेखि नागरिकहरुमा जनचेतना जगाउन आफै सडकमा आउनुभएको थियो । प्रजिअ शर्माले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिुनभयो । शर्माको सरुवा भएसँगै रामेछापको नयाँ प्रजिअमा अर्जुन कुमार शर्मा (हुमागाइं) आउनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्