रामेछापबाट तामाङ र घिमिरे पनि केन्द्रीय सदस्यमा चयन



९ पुस, काठमाडौं ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहले पुर्नगठन गरेको महाधिवेशन केन्द्रीय आयोजक सदस्यमा रामेछापबाट चार जना चयन भएका छन् । रामेछापबाट खाँडादेवी गाउँपालिकाका अधयक्ष प्रेम बहादुर तामाङ, मन्थली नगरपालिकाका उप्रमुख माया कार्की, नेकपाका नेता तुला प्रसाद कडेल र भुवन घिमिरे थपिएका हुन् । नेकपा रामेछापका कार्यालय सदस्य समेत रहेका अध्यक्ष तामाङ केन्द्रीय सदस्यमा चयन भएका छन् ।
केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन भएका चारै जनाले सपथग्रहण समेत गरिसकेका छन् । चारै जना नेता बुधवार बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका थिए । रामेछापबाट अझै पनि ओली समुहबाट केन्द्रीय सदस्य थपिने सम्भवना रहेको बताइएको छ । ओली समुहले आजबाट सातै वटै प्रदेशमा भेलाको कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्