सुनापती गाउँपालिकाको डहुमा पहिलो पटक आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनमा (फोटोफिचर)



११ पुस, रामेछाप ।
सुनापति गाउँपालिका–४ बेथानस्थित डहूका बासिन्दाले अब आयुर्वेदिक स्वास्थ्य उपचार सेवा पाउने भएका छन् । वडा नं ४ को खत्रीटोलमा गत सालदेखि सेवा सन्चालनमा रहेको जोरधारा सामुदायिक स्वास्थ्य ईकाईको भवनमा नै आयुर्वेद स्वास्थ्य सेवा संचालन गर्न लागिएको हो ।

वडाध्यक्ष खड्क घिसिङले सुनापति गाउँपालिकाले प्रस्ताव गरेको जोरधारा सामुदायिक स्वास्थ्य ईकाईमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन गर्न लागिएको बताए । तीन जना स्वास्थ्य कर्मचारी सहित चाडैं नै सेवा सन्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र रामेछापका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले रामेछाप न्युजलाई बताए ।स्वास्थ्य चेकजाँच, आयुर्वेद उपचार, प्राकृतिक थेरापी साथै योगाभ्यास सहितको सेवा प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्