पुस १५ सम्म पहिलो किस्ता नलिने लाभग्राही सूचीबाट स्वतः हटने



११ पुस, काठमाडौं ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुस १५ गतेसम्म पहिलो किस्ता नलिने लागग्राही सूचीबाट स्वतः हटने निर्णय गरेको छ । पाँच बर्षको अवधिमा पनि पहिलो किस्ता नलिने लाभग्राही स्वत लाभग्राहीको सूचीबाट हटने निर्णय गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीले घर बनाउनेले आगामी पुस १५ गतेसम्म पहिलो किस्ता लगिसक्नु पर्ने बताए ।

उनले भने,‘अब अवधि थपिँदैन। माघ मसान्तसम्म दोस्रो र वैशाख मसान्तसम्म तेस्रो पाउन आवेदन दिइसक्नुपर्छ।’अनुदान सम्झौता गरेर बसेकाले पुस १५ गतेसम्म पहिलो किस्ता लिएर पुनःनिर्माण सुरू गर्नुपर्छ। गाउँको घर भत्केर सदरमुकाम वा काठमाडौँको घरमा बस्नेले घर बनाएका छैनन्। आगामी पुस १५ गतेसम्म पहिलो किस्ता नलिनेको नाम लाभग्राही सूचीबाट स्वतः हट्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्