नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले बोलायो जिल्ला कमिटीको बैठक
११ पुस, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले जिल्ला कमिटीको बैठक बोलाएको छ । संसद विघटन भएसँगै प्रचण्ड–नेपाल पक्षले बैठक बोलाएको हो । आइतवार बस्ने जिल्ला कमिटीको बैठकमा अनिवार्य रुपमा सहभागीताको लागि जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशन दिइएको छ ।
प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले जिल्ला कमिटी बैठकमा बहुमत सदस्य सहभागी हुने बताए । दुई समुहमा विभाजित हुनुअघि नेकपा रामेछापका जिल्ला कमिटी सदस्य १३५ सदस्यीय रहेको थियो । पुस १४ गते हुने विरोध प्रर्दशन कार्यक्रमलाई प्रभावकारी बनाउन बैठक राखिएको पौडेलले जानकारी दिए ।
भोलीको बैठकमा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य देवशकंर पौडेल, केन्द्रीय सदस्यद्धय श्यामकुमार श्रेष्ठ र युवराज चौलागाई लगायतका नेताहरुको सहभागीता रहने पौडेलले बताए ।