ओली समुहको केन्द्रीय सदस्य किन बनेको भन्दै धम्की आयोः कार्की



१२ पुस, काठमाडौं ।
रामेछापबाट नेकपा ओली समुहकी केन्द्रीय सदस्यमा चयन भएकी गीता कार्कीले आफूलाई केन्द्रीय सदस्य भएपछि धम्की आएको दावी गरेकी छिन् । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै पूर्व माओवादीका दुई जनाले किन ओली समुहको केन्द्रीय सदस्य बनेको भन्दै धम्की दिएको दावी गरेकी हुन् ।

कार्कीले आफ्नो पेजमा लेखेकी छिन–मलाई दुई जना पूर्व मायोवादी पुरुष मित्रले बाटोमा धम्काएर केपी ओली पार्टी सदस्य किन लिएको भनेर । उनको दुई पूर्व माओवादी पुरुष भनेर सार्वजनिक गरेपनि नाम भने खुलाएकी छैनन् ।

उनको पोष्टमा यो समाचार तयार गर्दासम्म ५७ वटा कमेन्ट आएको छ । कमेन्टमा नाम सार्वजनिक गर्न आग्रह गरेपनि कार्कीले भने नाम बारेमा भने कुनै जानकारी गराएकी छैनन् ।
हेर्नुहोस कार्कीको स्टाटसः

प्रतिक्रिया दिनुहोस्