प्रधानमन्त्री ओलीकै कारण कुलमान घिसिङको पुनः नियुक्त हुन सकेनः पूर्व उर्जामन्त्री पुन
१२ पुस, काठमाडौं ।
पूर्व उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण जनताले चाहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीको स्वार्थको कारण पुर्न नियुक्त गर्न नसकिएको खुलासा गरेका छन् ।
आम नागरिकहरुले घिसिङलाई पुनः एक कार्यकाल दोहोर्याउन सडकमा आन्दोलन गर्दा समेत प्रधानमन्त्री ओलीले जनमतको कदर नगरि अपमान गरेको आरोप लगाएका हुन् ।
नेकपा नेता समेत रहेका पूर्व उर्जामन्त्री पुनले आफूले मन्त्रिपरिषदमा कुलमानको पुनर्नियुक्तिको प्रस्ताव लिएर जाँदा पनि प्रधानमन्त्री ओलीले इन्कार गरेको बताएका छन् । आफूले कुलमान पुनर्नियुक्तिको प्रस्ताव क्याबिनेटमा लिएर गएपनि प्रधानमन्त्री ओलीले नचाहेको कारण हुन नसकेको बताए ।