रामेछापमा पूर्व एमाले समुह एक ढिक्क छः मन्त्री ढुंगेल



१३ पुस, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा ओली समुहका केन्द्रीय सदस्य कैलाश ढुंगेलले रामेछाप जिल्लामा पूर्व एमाले समुह एक ढिक्का रहेको बताए ।
उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिएको राजनीतिक कार्यदिशामा रामेछापका पूर्व एमाले समुह एकताबद्ध रहेको बताएका हुन् ।
पूर्व एमालेबाट जिल्ला इन्चार्ज र जिल्ला सचिव प्रचण्ड–नेपाल समुहमा लागे पनि अन्य पूर्व एमालेका नेता कार्यकर्ता ओली पक्षमै रहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्