संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैनः सभामुख सापकोटा
१६ पुस, काठमाडौं ।
सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटन गर्ने अधिकार नदिएको बताएका छन् । संसद विघटनको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको बेला सभामुख सापकोटाले सो कुरा बताएका हुन् ।
आज चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझदै उनले संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारे ।
यस अघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको सभामुख सापकोटाले बताए । उनले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । संसद विघटनपछि आफूले यस सन्दर्भमा राष्टका समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिएर परामर्श गरिरहेको बताए ।