रामेछापमा नेकपा ओली समुहले पनि बोलायो जिल्ला कमिटीको बैठक



१६ पुस, रामेछाप ।
नेकपा केपी ओली समुह रामेछापले पनि जिल्ला कमिटीको बैठक बोलाएको छ । यही पुस २२ गते जिल्ला कमिटीको बैठक बोलाएको हो । संसद विघटन गर्ने निर्णय गरेसँगै यसअघि प्रचण्ड–नेपाल समुहले आफू पक्षिय जिल्ला कमिटीका सदस्यहरुको बैठक सम्पन्न गरिसकेको छ ।

आज सम्पन्न ओली समुहको बागमती प्रदेशका केन्द्रीय सदस्यहको भेलाले रामेछापमा पुस २२ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले बताए । यसअघि ओली समुहका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा पूर्व एमाले एक ढिक्का रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्