गोविन्द खड्काले पुनः लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने
१६ पुस, रामेछाप ।
जबरजस्ती करणीको आरोप लागेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिएसँगै पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् । शरीर बन्दक उद्योग अन्तर्गत गत साउनमा खडकामाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो । उजुरीको आधारमा पक्राउ परेका खडकामाथि हिरासतमै रहदा ठगी र जबरजस्ती करणी उद्योगका दुई मुद्दा थपिएको थियो ।
तीन वटा मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत रामेछापले शरीर बन्दक र ठगी मुद्दामा ढरौटी माग गर्दै जबरजस्ती करणीको मुद्दामा खडकालाई पुर्पक्षको लागि जेल चलान गर्ने निर्णय गरेको थियो । जिल्ला अदालतको फैसालाप्रति असहमति जनाउदै खडकाले उच्च अदालत पाटनमा रिट दाहेर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाई गर्दै खडकालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । पाँच लाख ढरौटी बुझाएर जेलमुक्त भए लगत्तै खडकाले छ महिनापछि पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।