अबको चुनावमा नेकपाले दुई तिहाइ बहुमत ल्याउछः मन्त्री ढुंगेल
२२ पुस, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजन मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय नलिएको भए संविधान नै तलमाथि पर्न बताएका छन् । अहिलेको संविधान र व्यवस्था बचाउनको लागि पनि प्रधानमन्त्री ओलीले बाँध्यक कदम चालेको बताउदै उनले ताजा जनादेशबाट आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने बताएका हुन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफू नउठने सार्वजनिक घोषणा गर्दा पनि पार्टीभित्र प्रचण्ड र माधव नेपाल पक्षले जबरजस्ती बहुमतको डण्डा तेस्याएको बताए । उनले भने,‘प्रधानमन्त्रीले सहज रुपमा अहिलेको जिम्मेवारीबाट अवतरण गर्ने कुरा गरिरहनु भएकै थियो, झर्न खोज्दा प्रचण्ड र नेपालले भ¥याङ झिकेपछि ओलीले विधिसम्वत रुपमा हाम फालेर अहिलेको व्यवस्था जोगाउनु भो ।’
नेकपा रामेछापका जिल्ला कमिटी बैठक एवं भेलालाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले राष्ट्रवादी नेता प्रधानमन्त्री ओलीले गरेको कामबाट आत्तिएका शक्तिहरु अहिले विक्षिप्त रुपमा सडकमा पुगेको बताए । प्रधानमन्त्री ओलीले हरेक नेपालीको शिर उच्च बनाउने काम गरेको बताउदै गुमेको नेपाली भूमि फिर्ता ल्याउनको लागि नयाँ नक्सा जारी गरेको बताए ।
सूर्य चिन्ह हाम्रो नै हुन्छ, हामीले बनाएको चिन्ह हामीले नै बनाएको विचार छ, आउने चुनावमा नेकपाको दुई तिहाई बहुमत आउछ, पुष्पलालको सन्तान एकताबद्ध भएर लाग्नुको विकल्प छैन, उनले भने ।