रामेछापमा योग दिवसः ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ (फोटोफिचर)
१ माघ, रामेछाप ।
छैठौं राष्ट्रिय योग दिवश रामेछाप जिल्लामा पनि मनाइएको छ । राष्ट्रिय योग दिवसको अवसरमा जिल्ला समारोह समितिको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थलीको योग हलमा योग दिवस मनाइएको हो ।
‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने अभियान सहित आयोजित कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (हुमागाईं) योगको महत्व दिन प्रतिदिन बढदै गएको बताए । उनले योगलाई हरेक नागरिकहरुले अबलम्बन गरेर अगाडि बढनु पर्नेमा जोड दिए ।
योग दिवसमा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का, जनप्रतिनिधिहरु सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलहरु नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
जिल्ला भित्र योग क्षेत्रमा क्रियाशिल संघ संस्था बिशेषतः पतञ्जली योग समिति र ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका प्रमुखको पनि सहभागीता रहेको थियो । छैठौं योग दिवशको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले पुस२६ देखि माघ ३ गते सम्म एक हप्ते निःशुल्क योग प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले जानकारी दिए l