रामेछापवासीको मन जितेर विदाई हुँदै डिएसपी पाठक



८ माघ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रमुख डिएसपी बसन्त पाठक सुरुवा भइ आज विदाई हुने भएका छन् । एक बर्ष रामेछापमा रहदा शान्ति सुरक्षालाई मजुबद्ध बनाउन सफल भएका डिएसपी पाठक रामेछापवासीको मन जितेर विदाई हुन लागेका हुन् ।
कोरोना भाइरसको कारण चार महिना लामो लकडाउनको अवधिमा नागरिकहरुलाई सूसुचित बनाउने कार्यमा आफै सडकमा खटिएका पाठकले विभिन्न घटनामा फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

स्थानीय सरकारसँग समन्वय गरेर सीमा नाकाहरुमा सिसी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएका डिएसपी पाठकले केही अधुरा काम भने गर्न नभ्याएको बताए । ‘एक बर्षको अवधिमा नागरिकहरुले प्रश्न उठाउने कुनै पनि काम हुन दिइन’, उनले रामेछाप न्युजसँग भने,‘शान्ति सुरक्षालाई मजबुद्ध बनाउने हाम्रो कर्तव्य हो त्याे पूरा गरेका छाै ।’
कोराना भाइरस नियन्त्रण र रोकथामको लागि प्रहरी संगठनले निकै प्रभावकारी रुपमा काम गर्न सफल भएको बताउदै उनले सबैको साथ र सहयोगकै कारण आफ्नो कार्यकाल सफल हुन सकेको बताए ।

प्रहरीको सक्रियताको कारण पछिल्लो समयमा सवारी दुर्घटनाको संख्यामा कमी आएको बताउदै डिएसपी पाठकले आफ्नो कार्यकालमा रामेछापवासी नागरिकहरुबाट ठूलो साथ र सहयोग पाएको बताए । एक बर्ष कार्यकाल पूरा गरेका पाठकको आज औपचारिक विदाईको कार्यक्रम राखिएको छ । पाठकको सरुवा भएपछि रामेछापको नयाँ डिएसपीमा नवराज ढुंगानाले भोलीबाट जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्