नेकपा ओली समुह उमाकुण्ड गाउँ कमिटीको सचिवमा खाती चयन



८ माघ, रामेछाप ।
नेकपा ओली समुह उमाकुण्ड गाउँ कमिटीको सचिवमा चन्द खाती चयन भएका छन् । आज भएको गाउँ कमिटीको भेलाले खातीलाई सचिवमा चयन गरेको हो । भेलाले रिक्त रहेको कार्यालय सदस्यहरु पनि चयन गरेको छ ।

पदम खत्री, रुद्रमणि नेवार र लिलामाया सुनुवारलाई कार्यालय सदस्यमा चयन गरेको हो । पार्टी विभाजित भएपछि खाली रहेको सचिव र कार्यालय सदस्यमा चार जनालाई थप्ने निर्णय भेलाले गरेको छ । उमाकुण्ड गाउँ कमिटीको अध्यक्षमा ओली समुहका चित्र बहादुर कार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्