महिलामाथि बलात्कारको आरोपमा पक्राउ परेका मन्थलीका वडाध्यक्ष बोहोरामाथि प्रहरीले थाल्यो अनुसन्धान
१० माघ, रामेछाप ।
एक महिनामाथि बलात्कारको आरोपमा पक्राउ परेका रामेछाप मन्थली नगरपालिका– १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरालाई थप अनुसन्धानको लागि भक्तपुर पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले बोहोरालाई पक्राउ गरेको थियो । आज नै जिल्ला प्रहरी कार्यालय रामेछापले भक्तपुरबाट आएको प्रहरीलाई सित्खामा पुर्याएर बुझाएको थियो ।
वडाध्यक्ष बोहराविरूद्ध चिनजानकी ३३ वर्षीया महिलाले गत सोमबार महानगरीय प्रहरी वृत्त, ठिमीमा जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो। ठिमी प्रहरीले वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्रकाे पठाएकाे थियाे । साेही पत्रकाे आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुगानाले रामेछाप न्युजलाई बताए ।
महानगरीय प्रहरी वृत्तका डिएसपी ऋषिराम कँडेलका अनुसार बोहराले माघ २ गते राति आफूमाथि बलात्कार भएको किटानी जोहरी दिएकी थिइन । उनका अनुसार ती महिला मध्यपुर ठिमी नगरपालिका–३ स्थित एक घरमा डेरा गरी बस्दै आएकी छिन् । डिएसपी कँडेलले पक्राउ परेका बोहोरामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।