रामेछापमा सुरु भयो सडक मानव मुक्त बनाउने अभियान
११ माघ, रामेछाप ।
रामेछाप जिल्लालाई सडक मानव मुक्त बनाउने अभियान सुरु गरिएको छ । सरकारले सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत रामेछाप जिल्लाभित्र पनि सडक मानवको खोजी सुरु भएको हो । संघीय सरकार र बागमती प्रदेश सरकारले प्रदेशभित्र सडक मानव मुक्त बनाउने घोषणा गरेको छ ।
सडक मानव मुक्त बनाउन प्रदेश सरकारले बजेट नै विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सडक मानव मुक्त बनाउने अभियानलाई विभिन्न संघ संस्थाहरुसँग मिलेर प्रभावकारी कार्यक्रम अगाडि बढाएको बताए । उनले भने,‘सडक मानव मुक्त बनाउने अभियान प्रभावकारी रुपमा कार्यान्वयन गछौ, प्रदेश सरकारले आवश्यक पर्ने बजेट नै विनियोजन गरेर काम गरिरहेको छ ।’
सरकारको सहयोगमा मानव सेवा आश्रमले रामेछाप जिल्लाभित्र पनि सडक मानवको खोजी सुरु गरेको छ । शनिवार राती सदरमुकाम मन्थलीको बजार क्षेत्रमा सडक मानवको खोजी गरिएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ) र मावन सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष हेमन्त तिलिल्सेनाको टोलीले मन्थली बसपाकृ क्षेत्रमा सडकमा बस्दै आएका एक व्यक्तिको उद्दार गरेको छ ।
मनव सेवा आश्रमका कोषाध्यक्ष लिमिल्सेनाले मेची–महाकाली सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट करिब ३५ बर्षिय पुरुषको उद्दार गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार उद्दार गरिएका व्यक्तिको स्थायी ठेगाना यकिन हुन सकेको छैन् । उद्धार गरिएका व्यक्तिको व्यवस्थापन आश्रमले गर्ने उनले जानकारी दिए ।
तिमिल्सेनाले रामेछापका बाँकी सात वटा स्थानीय सरकारलाई पनि यदी कही कतै सडक मानव फेला परेको अवस्थामा खबर गरेर सहयोग गरिदिन पत्राचार गरेको बताए । बजार क्षेत्रमा यसअघि फेला परेका केही व्यक्तिहरुलाई रामेछापका सहयोगी मनहरु (रासम)ले पनि उद्धार गरेको थियो ।