रामेछापवासीलाई ढुक्क भएर कोरानाविरुद्धको खोप लगाउन प्रजिअ शर्माको आग्रह
१४ माघ, काठमाडौं ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाइ)ले आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप ढुक्क भएर लगाउन जिल्लावासीलाई आग्रह गरेका छन् । उनले खोप लगाउदा कुनै पनि आशंका नगरी लगाउन आग्रह गरेका हुन् ।
जिल्लामा आजबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको सुरुवात गरेका प्रजिअ शर्माले कुनै शंका नगरी खोप लगाउन रामेछापवासीलाई आग्रह गरेका हुन् । उनले खोप लगाएको आधा घण्टासम्म खोप लगाउने व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने बताउदै कोरोनाविरुद्धको खोप जिल्लाभित्र सुरु हुनु खुसीको विषय भएको बताए ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी स्वयंसेवक, फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक,शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेवीकाहरुलाई लगाइनेछ ।