देवशकंर पौडेल र शान्ति पौडेलाई आठ दिनभित्र पार्टी कार्यालयमा आउन मन्त्री ढुंगेलको आग्रह
१५ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले पार्टीका नेता देवशकंर पौडेल शान्ति पौडेल र ज्ञान कुमार श्रेष्ठलाइ आठ दिनभित्र मन्थलीकाे पार्टी कार्यालयमा आउन आग्रह गरेका छन् ।
उनले पार्टी फुटेर भन्दा जुटेर आगडि बढन सक्ने बताउदै नेताहरुलाई आफ्नै घरमा फर्किन आग्रह गरेका हुन् । मन्थलीमा आज आयोजित युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्दै मन्त्री ढुंगेले पार्टीले अहिले पनि देवशकंर पौडेल, शान्ति पौडेल र ज्ञान कुमार श्रेष्ठको माग गरिरहेको बताए ।
‘सात दिन आउन नसकेपछि आठ दिनमा मन्थलीमा आउनुहोस, हामी पार्टी कार्यालयमा स्वागत गर्न आतुर छौ’, उनले भने,‘युवा विद्यार्थीको आह्वान छ, तपाईहरु पुरानै घरमा फर्किनुहोस ।’