गंगालालको जन्मभूमि रामेछापको भंगेरीमा पनि मनाइयो शहीद दिवस (फोटोफिचर)



१६ माघ, रामेछाप ।
शहीद दिवसको अवसरमा रामेछापको भंगेरी पनि शहीद गंगालाल श्रेष्ठको शालिकमा मान्यापर्ण गरेर मनाइएको छ । श्रद्धान्जली कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, रामेछाप नगर कमिटीका अध्यक्ष मोतीलाल तामाङ, नेता रोशन पाख्रिन लगायतको सहभागीता रहेको थियो ।

शहीद गंगालाल श्रेष्ठको जन्म भंगेरीमा भएको थियो । भंगेरी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएको भूमि पनि हो । सरकारले पुष्पलाल र गंगालालको जन्मभूमिलाई अन्तर्राष्ट्रिय कम्युनिष्टहरुको अध्ययन केन्द्रको रुपमा विकास गर्ने उदेश्यले पार्क निर्माणको काम अगाडि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्