प्रचण्ड–नेपाल समुहद्धारा निर्वाचन आयोगमा आधिकारिताकाे दावी पेश
२० माघ, रामेछाप ।
प्रचण्ड–नेपाल समुहले आफ्नो समुह नै आधकारिता भएको दावी पेश गरेको छ । प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाकोआधिकारिकता दाबी पेश गरेका हुन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो भने ओली समूहले केन्द्रीय कमिटी विस्तार गर्दै त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्रचार गर्यो । तर आयोगले ११ माघमा दुबै पक्षको दाबी अस्वीकार गरेको थियो ।
त्यही कारण राजनीतिक दलसम्बन्धी ऐनअनुसार आधिकारिता दाबी गरेको प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । उनीहरुका अनुसार आयोगले माघ १२ मा जवाफी पत्र पठाएपछि २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको र त्यसअनुसार सोमबार बैठक बसेको नेता राजेन्द्र पाण्डेले बताए ।