प्रचण्ड–नेपाल समुहद्धारा भोली आम हडतालको घोषणा
२१ माघ, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठले बताए । उनका अनुसार भोलीको कार्यक्रम हेरेर पार्टीले थप आन्दोलनको कार्यक्रम परिमार्जन गर्ने बताए । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।