रामेछाप जिल्लाभित्र भोली गाडी चल्न नदिने प्रचण्ड–नेपाल समुहको निर्णय



२१ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले भोली रामेछाप जिल्लाभित्र अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने बताएको छ  । पार्टी केन्द्रको घोषित कार्यक्रम अनुसार अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सञ्चालन हुन नदिने प्रचण्ड–नेपाल समुह रामेछापका सचिव शान्ति पौडेलले बताए । उनका अनुसार असंवैधानिक रुपमा संवैधानिक निकायका पदाधिकारी र सदस्यहरुको नियुक्त गरिएको विरोध स्वरुप आमहडतालको गरिएको हो । रामेछाप जिल्लाबाट दैनिक रुपमा करिब दुई सय सवारी साधन भित्र्ने र बाहिरिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्