रामेछापमा सुरक्षा व्यवस्था कडा पार्ने जिल्ला सुरक्षा समितिको निर्णय



२१ माघ, रामेछाप ।
संवैधानिक निकायका प्रमुख र सदस्यहरु असंवैधानिक रुपमा नियुक्ति गरिएको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहले भोलीको लागि आमहडतालको घोषणा गरेपछि रामेछाप जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाभित्र कुनै पनि आगजानी र तोडफोड हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको छ ।
आज साँझ रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा (गुरागाई)को अध्यक्षमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभित्र कुनै पनि गलत काम गर्नेलाई तत्काल नियन्त्रणमा लिने निर्णय गरेको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले कानुन विपरीत काम गर्ने जो कोही भएपनि तत्काल पक्राउ गरेर कारवाही गरिने रामेछाप न्युजलाई बताए ।

जिल्लात्रिभत्र कुनै पनि अप्रिय घटना हुन नदिन रणनीति अनुरुप सुरक्षा व्यवस्था मजबुद्ध बनाइएको उनले बताए ।जिल्ला सुरक्षा समितिको बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्