हडताल गर्नेलाई कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी (विज्ञप्तीसहित)



२१ माघ, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समुहले भोलीको लागि आह्वान गरेको आमहडताल गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताउदै हडताल गर्नेमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।

विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले भोलि आमहड्ताल आह्वान गरेपनि गृहमन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्