प्रचण्ड–नेपाल समुहको आमहडतालः रामेछापमा यातायात ठप्प



२२ माघ, रामेछाप ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तको विरुद्धमा आज नेकपा प्रचण्ड–नेपाल समुहले आज गरेको आमहडतालको कारण रामेछाप जिल्लाभित्र यातायात ठप्प भएको छ । बिहान केही सवारी साधन सञ्चालन भएपनि अहिले कुनै पनि यातायातको साधन सञ्चालन हुन सकेको छैन् ।

अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । जिल्लाबाट हाल दैनिक रुपमा दुई सय सवारी साधन भित्र्ने र बाहिरिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्