रामेछापमा आमहडतालको नयाँ शैलीः झाडु लिएर सडकमा निस्किए नेकपाका नेता कार्यकर्ता (फोटो/भिडियो)



२२ माघ, रामेछाप ।
नेकपा प्रचण्ड–नेपाल समुहले आज आयोजना गरेको हामहडतालको कारण जनजीवन प्रभावित बनेको छ । हामहडतालको प्रभाव रामेछाप जिल्लामा पनि गरेको छ । आज बिहानदेखि सडकमा उत्रिएर नेकपाका नेता कार्यकर्ता हामहडताल सफल बनाउन खटिएका छन् । बिहान छ बजेदेखि नै बन्दकर्ता मन्थली बजारमा देखिएका थिए ।
तर रामेछापमा नेकपाले बन्द गर्ने नयाँ शैली अपनाएको छ । आमहडताल सफल बनाउन सडकमा निस्किएका नेता कार्यकर्ताहरु झाडु लिएर निस्किएपछि मन्थलीको माहोल नै फरक देखियो । हामहडताल सफल बनाउनको लागि प्रचण्ड–नेपाल समुहले सदरमुकाम मन्थलीमा बजार सरसफाइ गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समुहका जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्ज एवं केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष मैनकुमार मोक्तान, जिल्ला सचिव आनन्द पौडेल, संविधानसभाका सदस्य तारानारायण श्रेष्ठ, खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको नेतृत्वमा मन्थली बजार सरसफाइ गरिएको हो । नेकपाले कटहरबोटदेखि देवकोटा चोक हुँदै विनिता चोकसम्म बजार सरसफाइ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्