डिएसपी कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतको फैसला



२३ माघ, रामेछाप ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका डिएसपी कुमुद ढुंगेलको पक्षमा आदेश दिएको छ । जिल्ला अदालत काठमाडौं फैसला उल्ट्याउँदै उच्च अदालत ललितपुरले ढुंगेललाई एक लाख रुपैयाँ धरौटी माग्ने फैसला गरेको थियो । तर, त्यसविरुद्ध परेको पुनरावेदनको निवेदनमाथि सुनवाइ गर्दै सर्वोच्चले उच्च अदालतको फैसला उल्टयाउदै ढुंगेलको पक्षमा फैसला गरेको हो ।

शुक्रबार न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालत, काठमाडौंकै फैसलालाई सदर गरिदिएको हो । काठमाडौंको लोकेन्द्र शेरचन्दको घरमा भएको लुटपाटमा संलग्न देखिएपछि पक्राउ परेका विक्रम श्रेष्ठसँग सम्पर्क देखिएको भन्दै उनलाई कारबाही गर्न तत्कालीन अपराध महाशाखाको टोलीले सिफारिस गरेको थियो ।

गृह मन्त्रालयले ढुंगेललाई निलम्बन गरे पनि ढुंगेलविरुद्ध बलियो प्रमाण भेटिएको थिएन । रामेछाप जिल्लामा १८ महिने कार्यकालमा सुन्तली तामाङको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई लामो समयपछि भारतबाट पक्राउ परेपछि ढंगेलको चर्चा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्