रामेछापका दोस्रो एसपी काफ्लेले लगाए दर्ज्यानी चिन्ह
२४ माघ, रामेछाप ।
नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले डिएसपीबाट एसपीमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका प्रहरी उपरीक्षक (एसपी) भएका सुरेश काफ्ले पनि दज्र्यानी चिन्ह लगाएका छन् ।
नेपाल प्रहरीमा रामेछाप जिल्लाबाट एसपी हुने काफ्ले दोस्रो व्यक्ति हुन् । दज्र्यानी चिन्ह लगाए लगाएपछि प्रक्रिया दिदै एसपी काफ्लले नेपाल प्रहरीको शीर उच्च राख्ने गरी काम गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘संगठनले दिएको जिम्मेवारी पूरा गर्नु एक मात्र दायित्व र कर्तव्य हो ।’
(सच्याइएकोः यसअघि नै रामेछाप लिखु तामाकोसी गाउँपालिका–८ नागदह धोवीका मोहन बहादुर खडका एसपी भइसकेकाले सुरेश काफ्ले रामेछापबाट नेपाल प्रहरीको दोस्रो एसपी हुनुपर्नेमा भुलवंश अन्यथा हुन गएमामा सच्याइएको छ । –सम्पादक)