रामेछाप जिल्लाको डप्खामा माझी संग्राहलय बनाउने मन्त्री ढुंगेलको घोषणा



२६ माघ, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले रामेछाप जिल्लाका माझी समुहायहरुको धर्म संस्कृतिको संरक्षण गर्न सग्राहलय बनाउने घोषणा गरेका छन् । उनले एकीकृत नमूना माझी वस्ती निर्माण भएको डप्खामा माझी समुदायको संग्राहलय बनाउने घोषणा गरेका हुन् ।

खाँडादेवी गाउँपालिका र बागमती प्रदेश सरकारको लगानीमा खाँडादेवी गाउँपालिका–३ भीरपानीको डप्खामा निर्माण गरिएको नमूना वस्तीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले संग्राहलय निर्माण गर्न डिपिआर निर्माणको काम भइरहेको बताए ।

मन्त्री ढुंगेलले भने,‘जग्गाको मुअब्जा र क्षतिपूर्तिको विषयमा चिन्ता लिनुपदैन, गाउँपालिका र प्रदेश सरकारले समाधान गर्छ, माझी समुदायको आर्थिक अवस्थामा माथि उठाउन आज आर्जनको काममा सरकारले विशेष ध्यान दिएको छ ।’ उनले संग्राहलमा माझी समुदायको जन्मदेखि मृत्युसम्म गरिने संस्कार र परम्पराको विषय संग्राहलयमा राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्