दोरम्बा गाउँपालिकाद्धारा दुई दिन सार्वजनिक विदा दिने निर्णय
२५ माघ, रामेछाप ।
दोरम्बा गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेको रामेछाप न्युजलाई बताए । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिने निर्णय गरेको थियो ।