प्रधानमन्त्री ओली निर्वाचन आयोगमा



२७ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगलाई निर्वाचनको कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले सबै प्रकारका स्रोतसाधन उपलब्ध हुुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाए ।

निर्वाचनको तयारीको बारेमा जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीलाई प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराएका थिए ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुुई चरणमा चुुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो । सो अवसरमा नेकपाको सम्बन्धमा प्रमुख निर्वाचन आयुुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्