प्रचण्डले भने–ओलीजी देख्नु भो विरोध प्रदर्शन कस्तो हुन्छ ? (भिडियोसहित)
२८ माघ,काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आवश्यक परे सिंहदवार र वालुवाटार घेर्ने चेतावनी दिएका छन् । उनले आफूहरु शान्तिपूर्ण आन्दोलनबाटै अहिलेको प्रतिगमत सच्याउने गरी आन्दोलन गरिरहेको बताउदै लोकतन्त्र, गणतन्त्र र संविधान रक्षाको लागि सिंहदरवार र वालुवाटार घेर्ने चोतावनी दिएका हुन् ।
बुधवार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई चेतावनी दिए । संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन भन्ने चाहेको बताउदै प्रचण्डले आफूले बोल्दा अदालतको कहिले पनि अवहेलना नगरेको बताए । उनले भने,‘केपी ओलीजी देख्नु भो विरोध र प्रदर्शन कस्तो हुन्छ ?’ प्रतिगामी कदम नसच्एि केही दिनपछि सिहदरवार र वालुवाटार घेर्न लाखौ लाख जनता आउने छन् ।
लाखौ जनताले के चाहेको छन भन्ने विषय सर्वोच्च अदालतका न्यायाधीहरुले देखेको बताउदै सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने उनले दावी गरे ।‘संविधानको भावना विपरति केही काम गरियो भने दुर्भाग्यपूर्ण हुनेछ’, उहाँले चेतावनी दिदै भने ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?