झाँक्रीलाई पक्राउ गर्न घरमा प्रहरी, पक्राउ नगर्न भन्दै झाँक्रीको पक्षमा नारावाजी (फोटोफिचर)
२९ माघ, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ठूलो संख्यामा घरमा प्रहरी पुगेको छ । प्रहरीले पक्राउको तयारी गरेपछि झाँक्रीको पक्षमा युवा विद्यार्थीले पक्राउ नगर्न भन्दै उनको पक्षमा नारावाजी गरेका छन् । उनको निवासबाहिर प्रहरी पुगेपछि अहिले कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले जानकारी दिइन् । प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् । प्रहरी घरमा पुगेपनि आफूलाई पक्राउ पुर्जी नदिएको उनले बताइएन ।
तस्बीरः पत्रकार राजेश राईबाट