जबरजस्ती करणीको प्रयास गरेको आरोपमा मन्थली नगरपालिकाका एक युवक पक्राउ



१ फागुन, काठमाडौं ।
एक किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा रामेछाप मन्थली नगरपालिकाका एक युवक पक्राउ परेका छन् । रामेछाप नगरपालिका–४ हिमगंगामा जबरजस्ती करणी गर्न प्रयास गर्ने मन्थली नगरपालिका–५ सुनारपानीका सविन केसीलाई जिल्ला प्रहरी रामेछापले पक्राउ गरेको हो ।

पीडित किशोरीले प्रहरीलाई मौखिक उजुरी दिएको आधारमा जबरजस्ती करणीको प्रयास गर्ने युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार पक्राउ परेका युवकलाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछाप ल्याइदैछ । यता पीडित बालिकाले पनि जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिने तयारी गरेकी छिन् । प्रहरीका ती अधिकृतका अनुसार जबरजस्ती करणीको प्रयास गरेपनि सफल नभएको पक्राउ पर्ने युवक केसीले स्वीकार गरेका छन् ।

घटनाको विस्तृत विरण केहीबेरमा……

प्रतिक्रिया दिनुहोस्