प्रचण्ड–नेपाल समुहद्धारा चौथो चरणको आन्दोलन घोषणा



२ फागुन, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समुहले प्रतिनिधिसभा विघटनको विरुद्ध चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधिसभा पुर्नस्थापनाको लागि आन्दोलनरत प्रचण्ड–नेपाल समुहले फागुन ५ देखि २८ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । तीन चरणको आन्दोलनको कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समुहको केन्द्रीय संघर्ष समितिले केन्द्रदेखि वडातहसम्मै प्रतिनिधिसभा विघटनको विरुद्ध आन्दोलन गर्ने भएको छ ।

प्रचण्ड– नेपाल समुह केन्द्रीय संघर्ष समितिले आइतवार पत्रकार सम्मेलन गरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमलाई खारेज गरी प्रतिनिधि सभा सुचारु गर्न र वर्तमान निरंकुश सरकारद्वारा गलत दिशामा धकेलिएको संविधानलाई पुनः सही ठाउँमा ल्याउन आन्दोलनको घोषणा गरेको हो ।

यस्तो छ आन्दोलनको कार्यक्रम

प्रतिक्रिया दिनुहोस्