रामेछापबाट अवैध रुपमा भारत लैजान लागिएको १७ गोरुसहित चालक पक्राउ
३ फागुन, रामेछाप ।
रामेछाप जिल्लाबाट अवैध रुपमा भारततर्फ लैजान लागिएको १७ वटा गोरु सहित चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । शंका लागेर प्रहरीले आज साँझ मन्थलीमा चेकजाँच गर्ने क्रममा मे १ ख २८३९ नम्बरको ट्रक मार्फत भारत लैजान लागेको गोरु सहित चालक पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठ अवैध रुपमा भारत लैजान लागिएको गोरु सहित चालक विष्णु क्षेत्रीलाई पक्राउ गरेको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार चालकले सुरुमा मोरङको बेलवारी लैजाने बताए पनि भारत नै लैजाने गरी गोरु लैजान लागेको स्वीकार गरेका छन् । प्रहरीले पक्राउ परेको गोरु सहित चालकलाई आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी गरेको छ ।