किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने केसीमाथि अनुसन्धान हुँदै



४ माघ, रामेछाप ।
रामेछापमा बाटोमा हिडिरहेकी एक किशोरीमाथि जबरजस्ती करणीको प्रयास गरेको कारण पक्राउ परेका मन्थली नगरपालिका–५ सुनारपानीका सविन केसीमाथि प्रहरीले अनुसन्धान थालेको छ । पक्राउ परेका केसीमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पक्राउ परेका केसीमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार केसीले प्रहरी समक्ष आफूले आवेगमा आएर जबरजस्ती करणीको प्रयास गरेको स्वीकार गरेका छन् । गत विहिवार घरबाट आफन्तकोमा हिडेकी एक किशोरीमाथि बाटोमा हिडिरहेको बेला रामेछाप नगरपालिका–४ हिमंगगामा केसीले एक्कासी जबरजस्ती करणी गर्ने कोशिस गरेका थिए । तर ती किशोरीले प्रतिवाद गर्दै मुखमा टोकेर भाग्न सफल भएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्