काठमाडौंका रजुनमान श्रेष्ठको हत्यामा संलग्न रामेछापका चार भाइ पक्राउ



६ फागुन, काठमाडौं ।
काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठ हत्यामा संलग्न  रामेछाप लिखु तामाकोसी गाउँपालिका–३ का चार भाइलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार भेटिएको शवको अनुशन्धान गर्ने क्रममा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङमाथि अदालतामा सात दिन म्याद थपेर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार हत्या आरोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डेरा बस्ने गरेको र आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको हो ।

राती १२ बजे घर जाने क्रममा गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रिएपछि नारायणमार्गमा गाडी छाडेर श्रेष्ठ दिव्यश्वरी पार्टी प्यालेसतर्फ लााग्ने क्रममा चार जनाले मोबाइल लुटनको लागि आक्रमण गरेको प्रहरीले बताएको छ ।

पिटाइबाट गम्भीर घाइते भएका श्रेष्ठको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिडेको अनुसन्धानबाट खुल्न आएको छ । मोवाईल लुट्ने नियतले श्रेष्ठमाथि आक्रमण गरेपनि कुटाइको चोटले हिँड्न नसकेर वाग्मतीमा डुब्दा रजुनमानको मृत्यु अनुसन्धानबाट खुल्न आएको छ, सिंहले भने । त्रिवि शिक्षण अस्पतालमा रजुनमानको शव पोष्टमार्टममा ‘डुबेर मृत्यु’ भन्ने रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्