प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्छः प्रचण्ड (भिडियोसहित)
११ फागुन, काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले अर्को मूर्खतापूर्ण कदम नचाल्न प्रम ओलीलाई चेतावनी दिएका हुन् ।अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस, अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो, उनले भने । प्रचण्डले सर्वोच्चको सही ऐतिहासिक र साहसिक फैसलापछि आफूले गौरवको अनुभूति गरेको बताउँदै उनले यसलाई नेपाली जनताको जीत भएको जिकिर गरे ।
उनले केपी ओलीको पक्षमा पुनःस्थापित सांसदहरुलाई ओलीको गफ र धोकाधडीबाट भ्रममुक्त हुन अपिल गर्दै भेन, ‘अब तपाईंहरु फेरि माननीय हुनुभएको छ । सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने माननीय सांसदहरुलाई अब मूल पार्टीमा आउनुहोस् भन्न चाहन्छु । तपाईंहरूलाई स्वागत छ । अब केपीको भूल भुलैयामा बस्न पर्दैन ।’