सुनापती गाउँपालिकामा एकसाथ एम्बुलेन्स र शववहान, सांसद श्रेष्ठले पूरा गरे बाचा
१४ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गरेका छन् । सुनापती गाउँपालिकाको लागि एम्बुलेन्स र शवबहान उपलब्धि गराउने निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार २५ लाख रुपैयाँमा एम्बुलेन्स र शवबहान खरिद भएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत कार्यक्रम अन्तर्गत सुनापती गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा एम्बुलेन्स र शवबहान खरिद गरेको हो ।
सुनापती गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी हिलेदेवीबीच भएको सम्झौता अनुसार शवबहान र एम्बुलेन्स गाउँपालिकामा आइपुगेको छ । एम्बुलेन्स र शवबहानको साँचो शनिवार गाउँपालिकाले आयोजना गर्ने एक कार्यक्रमकोबीच सांसद श्रेष्ठले रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
एम्बुलेन्स र शव बहान विशेषगरी गाउँपालिकाको केन्द्रमा राखिने भएको छ । पाँच वटै वडाका नागरिकहरुलाई सेवा दिने उदेश्यले गाउँपालिकाले एम्बुलेन्स र शवबहान खरिद गरेको हो ।