रामेछापमा अर्को एकीकृत नमूना बस्ती बनाउने मन्त्री ढुंगेलको घोषणा (भिडियाेसहित)



१६ फागुन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले थामी समुदायको लागि एकीकृत नमूना वस्ती निर्माणको लागि पहल गर्ने बताएका छन् । उनले गाउँपालिकाले नमूना वस्ती बनाउने योजना बनाएर ल्याउन आग्रह गर्दै उनले बस्ती बनाउन बजेटको व्यवस्था गर्ने बताए ।
खाँडादेवी गाउँ कमिटी वडा नम्बर ७ द्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले डब्खामा निर्माण गरिएको एकीकृत वस्तीजस्तै थामी समुदायको लागि नमूना वस्ती बनाइने बताए । खाँडादेवी गाउँपालिका र बागमती प्रदेशको साझेदारीमा केही समय अघि निर्माण सम्पन्न डब्खाको एकीकृत नमूना माझी बस्ती हस्तान्तरण भइसकेको छ ।

‘जग्गा स्थानीय समुदायले उपलब्ध गराउनु पर्छ, गाउँपालिकाले तत्काल योजना बनाएर आउनु पर्छ’, मन्त्री ढुंगेलले भने,‘सीमान्तकृत थामी समुदायको आर्थिक जीवनस्तर माथि उठाउन एकीकृत वस्ती निर्माण गर्न म सक्दो सहयोग गर्छु ।’ एकीकृत वस्ती निर्माणको लागि अहिले सुवर्ण मौका रहेको बताउदै उनले तीनै तहको सहकार्य मिलेको बेला हुन नसकेको विकास अब हुन नसक्ने बताए ।

मन्त्री ढुंगेलले लामो समयदेखि विकास हुन नसकेको खाँडादेवी मन्दिर पुग्दा अहिले काठमाडौंजस्तै मन्दिरमा पुगेको अनुभूति हुने गरेको बताउदै नेपालमाझ खाँडादेवी गाउँपालिकालाई चिनाउने गरी विकास निर्माणको गतिविधि अगाडि बढेको बताए ।अहिलेको सरकार जनताको मुद्दा बोकेको सरकार हो, रात दिन नभनि जनताको सेवामा खटिएको सरकार हो, उनले भने । अबको चुनाव कसले जित्छ भन्ने प्रश्न नै आवश्यक नरहेको बताउदै मन्त्री ढुंगेलले भने,‘चुनाव जहिले हुन्छ, हामी नै जिन्छौ ।’

नेकपाका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढुंगेले नेपालीलिे बहादुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाएको बताए । प्रधानमन्त्री ओलीले आधुनिक नेपालको नक्सा नै बदलिदिएको बताउदै भारतको मिचाहा प्रवृत्तिको विरुद्ध औँला ठड्याएर बोल्ने प्रधानमन्त्री केपी ओली बहादुर भएको बताए । आफ्नै प्रधानमन्त्री ओलीलाई निकालेर आफ्नै पार्टीका नेता अहिले शेरबहादुर र महन्त ठाकुरकोमा प्रधानमन्त्री बनिदेऊ भनेर द्यैसी खेल्न उनीहरुको घर घरमा पुगेको बताउदै उनले भने,‘हाम्रा प्रधानमन्त्री अ‍ोलीलाई कसैले केही पनि गर्न सक्दैनन् ।’

भिडियाे

https://www.facebook.com/100004421826273/videos/1862156027275107

प्रतिक्रिया दिनुहोस्