प्रधानमन्त्री ओलीलाई दलको नेताबाट हटाएको पत्र संसद सचिवालय पुग्यो (पत्रसहित)
२० फागुन, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएको जानकारी सहितको पत्र संसद सचिवाललाई बुझाएको छ । प्रचण्ड नेपाल समुहले प्रधानन्त्री ओली सहित उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे संघीय संसद् सचिवालयलाई जानकारी गराएको हो ।
बिहीबार प्रमुख सचेतक देव गुरुङसहितका नेताहरु संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता नेम्वाङ, सचेतक चौधरीलाई जिम्मेवारीमुक्त गरेको जानकारी गरएका छन् ।
नेकपा बहुमत पक्षको माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई आकस्मिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै गम्भीर रुपमा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पार्टी सदस्यबाट समेत हटाउने निर्णय गरेको थियो । संसद सचिवालयमा यसअघि प्रधानमन्त्री केपी ओलीले दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको पत्र पठाएका थिए ।