बाटो ढुकेर किशोरीमाथि बलात्कारको प्रयास गर्ने रामेछाप सुनारपानीका केसी जेल चलान



२२ फागुन, रामेछाप ।
बाटोमा हिडिरहेकी एक किशोरीमाथि बाटो ढुकेर बलात्कारको प्रयास गर्ने मन्थली नगरपालिका–५ सुनुवारपानीका सविन केसी जेल चलान भएका छन् । जिल्ला अदालतल रामेछापले केसीलाई पुर्पक्षको लागि शुक्रवार जेल चलान गर्ने फैसला गरेको हो ।

तीन साता अघि घरबाट आफन्तकोमा हिडेकी एक किशोरीमाथि बाटोमा हिडिरहेको बेला रामेछाप नगरपालिका–४ हिमगंगास्थित बाटोमा केसीले बलात्कारको प्रयास गरेका थिए । तर ती किशोरीले बलात्कारको प्रयास गर्ने केसीको मुखमा टोकेर भाग्न सफल भएको बयान प्रहरी समक्ष दिएकी थिइन ।

अदालतमा पनि ती युवतीले जबरजस्ती करणी गर्नको लागि बाटोबाट केही पर झाडीमा लगेर लुगा खोलेर मुखमा कपडा हालेर थेन्ने क्रममा मुखमा टोकेर आफू भाग्न सफल भएको बताएकी थिइन । पीडितको मौखिक उजुरीको आधारमा फागुन १ गते प्रहरीले केसीलाई पक्राउ गरेको थियो । पीडित किशोरीको परिवारले आफूहरुले न्याय पाएको बताएको छ । पीडित किशोरीकीका एक सदस्यले आफूहरुले न्याय पाएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्