मन्त्री ढुंगेलद्धारा रामेछापमा एमालेको पार्टी कार्यालय उदघाटन (फोटो/भिडियाे)



२५ फागनु, रामेछाप ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै नेकपा एमालेले आफ्नो पार्टी कार्यालय उदघाटन गरेको छ । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आज पार्टी कार्यालय उदघाटन गरेका हुन् । मन्थलीको कटहरबोटमा पुरानै ठाउँमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ ।

जिल्ला पार्टी कार्यालय रामेछापमा नेकपा एमालेको बोर्ड राख्नुहुँदै मन्त्री ढुंगेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अनुसार सबै क्षेत्रमा काम गरिरहेको बताए । पार्टीभित्रका कतिपय मान्छेहरुले सरकारले गरेका राम्रा कामलाई सकरात्मक रुपमा अङ्गाल्न नसक्दा अलिको अवस्था सिर्जना भएको उनले बताए ।

आफ्नो पार्टी र हैसियतलाई भुलेर केही मान्छेले गरेका कामहरुलाई नेपाली जनता , सर्वोच्च अदालत र निर्वाचन आयोग लगायतका निकायले अस्वीकार गरिदिएको बताए । पार्टी कार्यालय उदघाटन कार्यक्रममा तत्कालिन एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

https://www.facebook.com/sundar.ghimire.165/videos/4556957807663968

प्रतिक्रिया दिनुहोस्