एमाले रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरियालाई नै जिम्मेवारी
२५ फागुन, रामेछाप ।
नेकपा एमाले रामेछापले आजबाट पार्टी कार्यालय उदघाटन गरेर औपचारिक रुपमा पार्टी कार्यालय सञ्चालन गरेको छ । एमाले ब्युँतिएसँगै पार्टी कमिटी कसरी सञ्चालन हुन्छ भन्ने चासो पनि पार्टीभित्र सुरु भएको छ ।
एमाले र माओवादी केन्द्र एकीकरण हुनुपूर्व एमाले रामेछापको अध्यक्षमा शान्ति पौडेल र सचिवमा आनन्द पौडेल रहेका थिए । प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समुहमा विभाजित भएको थियो । रामेछापमा पनि नेकपा दुई समुह विभाजित भएसँगै पार्टी एकता हुँदा सचिव भएका शान्ति पौडेल प्रचण्ड–नेपाल समुहमा लागेका थिए ।
निर्वाचन आयोगले दुई पार्टी अगल अगल हुने फैसला सुनाएपछि प्रचण्ड समुहसँग सम्बन्ध तोडदै एमालेपत्ती पुनः पार्टीमै फर्किने निर्णय गरिसकेको छ । पार्टीको सर्कुलर नआउदासम्म पार्टी दुई समुहमा विभाजित भएपछि नेकपाबाट अध्यक्ष भएका आनन्द श्रेष्ठ र सचिव भएका पुरोषत्तम कडेरियालाई नै तत्कालको लागि निरन्तरता दिएको छ । आजको पार्टी कार्यालय उदघाटन कार्यक्रममा शान्ति पौडेल सहभागी भएपनि पार्टीको अध्यक्षको रुपमा श्रेष्ठ नै रहेका थिए ।